काठमाण्डु–संघीय संसद, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर आज (बिहीबार) साँझ स्वदेश फर्किएकी छिन् ।
जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फर्किएकी हुन् ।
चीन भ्रमणका क्रममा राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातर संग बेइजिङमा भेटवार्ता गरेकी हुन्।
भेटवार्ताका क्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको तथा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएकी थिइन् । उनले कार्तिक २८ देखि ३० गते सम्म भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गइन्।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण पनि गरेकी थिइन् । उपाध्यक्ष घिमिरे कार्तिक २७ गते चीन प्रस्थान गरेकी थिइन् ।
प्रतिक्रिया