काठमाडौं – सांसद बिमला राई पौडेलले राजधानीमा सञ्चालित फिटनेस सेन्टर र साउना बाथ सेन्टरबारे राष्ट्रिय सभामा प्रश्न उठाएकी छन् ।
आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले काठमाडौंकाका फिटनेस सेन्टरहरुको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले गत माघ १५ गते ललितपुरको सातदोबाटो विशाल चोकमा फिट एण्ड फाइन एरोविक्स फिटनेस सेन्टरमा साउना लिन गएका हस्त गुर्जवा पुन मगर र नेत्र कुमारी मगर दम्पत्तिको मृत्यु भएको कुरा उठाइन् ।
राजधानीमा च्याउ उम्रेजसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गरी मापदण्ड अनुसार सम्बन्धित निकायप्रति जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिइन् ।
‘फिटनेस सेन्टरहरु खोल्ने कसले हो ? यसको रजिष्ट्रेशन कहाँ हुन्छ ? यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ? साउनामा ६ बजे छिरेको मान्छे ९ बजेसम्म निस्किदैन भने यो कहाँसम्मको लापरवाही हो । त्यहाँ हेर्ने मानिस हुन्छ कि हुँदैन । सबै व्यवस्थापनाको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया