याे रुट भएर अाएकाे थियाे एयर युएस बंगला विमान !

याे रुट भएर अाएकाे थियाे एयर युएस बंगला विमान !


काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ ।

६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने उनले बताए ।

दुर्घटनामा परेका यात्रुलाई अहिले सेना, प्रहरीले एम्बुलेन्समार्फत केएमसी र सिभिल अस्पतालमा उपचारका लागि ल्याइएको छ । यतिबेला विमानस्थल बन्द गरिएको छ । रनवेबाट बाहिरिएको विमान २ : २० मा दुर्घटनाग्रस्त भएको थियो । एम्बुलेन्स तथा हेलिकप्टरबाट पनि घाइतेलाई उपचारका लागि अस्पताल लगिँदैछ ।

याे जाहाज १७ बर्ष अगि बनेकाे बतार्इएकाे छ ।