एजेन्सी – ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार इल्हेअस शहरका लागि उडेको विमान केही समयभित्रै इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा खसेको थियो ।
एक्त विमान सडकमा खस्दा अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा एक चालक र तीन यात्रु सवार रहेको बताइएको छ ।
विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाई उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।
भएको थियो ।
प्रतिक्रिया