एजेन्सी – अमेरिकाको टेक्सास आइतबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गरेलगत्तै । विमानमा आगो लाग्यो ।
एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार विमान डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भएको थियोे ।
फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो ।
प्रतिक्रिया