खानेपानी मन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता, यस्तो भयो कुराकानी

खानेपानी मन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता, यस्तो भयो कुराकानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छन्।

खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो।

छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पुर्याउन मन्त्रालयले योजना बनाइरहेको बताइन्। ‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उनले भनिन्, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन्।’

पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताइन।

‘सरसफाईलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको छ,’ उनले भनिन्, ‘खुलादिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्र शत्प्रतिशत प्रगति हुन्छ ।’ खुलादिसामुक्त घोषणा अभियानले सरसफाई सम्बन्धी बानी र चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन्।

‘आगामी २८ मेका दिन परेको अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई सचेतना अभियानका रुपमा मनाउने तयारी भइरहेको छ,’ उनले

भनिन्।
काठमाडौंवासीलाई खानेपानी सुविधा पु¥याउने मेलम्ची खानेपानी आयोजनाको काम समेत तीब्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले बताइन्। अमेरिकी सरकारले सरसफाईका क्षेत्रमा सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री मगरले खानेपानीको पूर्वाधार निर्माणमा समेत सहयोग गर्न आग्रह गरिन।

भेटवार्तामा राजदूत अलइनाले खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गर्न पहल गर्ने बताइन्। ‘नेपालमा अहिले सरकार र व्यवस्था परिवर्तन भएको छ, त्यही अनुसार हामी सहयोग र कार्यक्रम पुनरावलोकन गर्छाै,’ उनले भनिन्, ‘सरकारका प्राथमिकता पूरा गर्दै जनताको सेवा गर्न चाहन्छौं।’

खानेपानी र सरसफाईको आधारभूत कुरामा प्रगति गर्न नसकिए अन्य प्रगति गर्न नसकिने बताउँदै राजदूत अलैनाले अमेरिकन सरकार सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताइन्।