खानेपानी मन्त्री मगरले गरिन सुन्दरीजलको निरीक्षण (फोटो फिचर)

खानेपानी मन्त्री मगरले गरिन सुन्दरीजलको निरीक्षण (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–खानेपानी मन्त्री बीना मगरले बागतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पु¥याउने योजनाको निरीक्षण गरेकी छन्।

मन्त्री मगरले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र उक्त स्थानबाट महाँकालसम्म बिछ्याएको पाइप तथा वाशआउट स्थानहरुको निरीक्षण गरेकी हुन्।

सुन्दरीजलदेखि महाँकालसम्म ५ वटा स्थानमा वाशआउट स्थान रहेका छन् । राजधानीमा पानी वितरण गर्नुपूर्व ती स्थानबाट पाइप पखाल्ने काम आयोजना कार्यान्वयन निर्देशनलायले गरिरहेको छ।

खानेपानी मन्त्रालयले सुन्दरीजलदेखि धोबीखोलासम्म बिछ्याएको पाइपलाई पखारेर (फ्लसिङ) गरेपछि बागतीको पानी केही समयपछि उपत्यका ल्याउने वितरण गर्ने योजना बनाएको छ।

सुन्दरीजल प्लान्ट कार्यालयमा मन्त्री मगरलाई आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीले पानी प्रशोधनको संयन्त्र तथा पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए ।

मन्त्री मगरले फ्लसिङको कार्य तत्कालै सम्पन्न गरी परीक्षण पश्चात पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिइन्। ‘पाइप पखाल्ने काम तत्काल सक्नुस् । कहाँ कस्तो मर्मत गर्नुपर्छ, त्यो गर्नुस् । काममा कुनै ढिलाई नगरी तत्काल राजधानी पानी पठाउने व्यवस्था गर्नुस्,’ निर्देशन दिँदै उनले भनिन्।

आयोजना कार्यान्वयन निर्देशनालयले बिछ्याएको पाइपलान केही स्थानमा चुहिएको र मर्मत गर्नुपर्ने देखिएकोले तत्काल ती काम सम्पन्न गर्न समेत मन्त्री मगरले निर्देशन दिइन्।

सुन्दरीजलबाट धोबीखोलासम्म पाइप पखालेर राजधानीमा पानी वितरण गरेपछि सोही पाइप र रिजर्भवायरबाट मेलम्चीको पानी समेत वितरण गरिने छ।सुन्दरीजलमा बागमतीको पानी जम्मा गरेर ४ करोड लिटर थप पानी राजधानी भित्रिने छ ।

मन्त्री मगरले उक्त अवसरमा सुन्दरीजलमा टुंगिएको मेलम्ची सुरुङको समेत अवलोकन गरेकी थिइन्। उक्त अवसरमा मन्त्री मगरले सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइन्।