स्कुटी दुर्घटनामा नायिका विना थापाको निधन

स्कुटी दुर्घटनामा नायिका विना थापाको निधन


काठमाडौं– नायिका विना थापा सवारी दुर्घटनामा निधन भएको छ।

 

 

गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी बासिन्दा २७ वर्षीया थापाको बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा निधन भएको हो।

 

 

 

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

 

 

बत्तीसपुतलीमा बा२ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा५५प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो।

 

रिलिजको सँघारमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’मा समेत उनको अभिनय छ।