बिन्दा आचार्य ,
डर एउटा यस्तो मानवीय भाव हो । जुन स्वीकार गरिएको खतरावाट उत्पन्न हुन्छ । डरले ठूलो रुप लिई निरन्तरता पाएमा भयमा परिणत हुन्छ । हामीलाई आईपर्ने खतराप्रति उल्टो प्रतिकृया जनाउनु डर हो । सुल्टो प्रतिक्रिया के हो ? भने खतरा आउँछ जान्छ, सतर्क हुनुपर्छ भन्नेलाग्नु हो । कुनै घटना, दुर्घटना कसैको त्रास धम्की, कुनै आपत विपत, मानवीय वा प्राकृतिक प्रकोप वा संकटका कारणले मानिसले खतराको सूचना पाँउछ, महशुस गर्छ ।
त्यस्तो खतरावाट आफूलाई जोगाउन शरीरले प्रतिरक्षा गर्ने थाल्दछ,जसको फलस्वरुप हामीलाई डर लाग्दछ । डर उत्पन्न गराउने कारक तत्वहरुको सूचना वा जानकारी मस्तिष्कमा संग्रहित भएपछि, यसले खतराको घंटी बजाउँछ र शरीरलाई संकेत गर्दछ । हामीलाई सुरक्षित राख्नडरले एक किसिमको सहायता गर्दछ । जस्तैस् भीडभाडमा जानु हुदैन कोरोना सर्छ भन्ने सूचना हाम्रो मन्तिष्कमा संग्रहित छ, पसल जानु पर्ने भन्ने सोच्ने वित्तिकै मनले झस्काईहाल्छ । भिडभाड पो छ की ! हामी सचेत बन्छौ, जानैपर्ने भए बचाउका लागि जोगिने आवश्यक व्यवस्था गरेर जान्छौ । यती सम्म डरको अवस्था ठिक छ ।
अब के हुन्छ भने जब हामीले थाहा पाई वा नपाईकन घटना वा विषयवस्तुसँग सम्बन्धित अनावश्यक सूचना र विभत्स घटनाका दृष्यहरु ग्रहण गर्न थाल्छौ र ती कुराहरु आफूमा आरोपित गर्दै जान्छौ वा मलाई के होला भनी सोच्दछौं, कल्पना गर्दछौं वा ती घटनाहरुसँग आफूलाई जोड्दै जान्छौ तव अझै बढी डर लाग्दै जान थाल्छ । निरन्तर महामारी कै विषयमा सुन्ने, हेर्ने, पढ्ने, बोल्ने, सोच्ने गर्दा यस विषयले अवचेतन मनमा गहिरो पकड जमाउँछ । भय र चिन्ताको रुप धारण गर्दछ । मानिसको मनले यतीसम्म प्रतिरक्षा गर्दछ की अव बाहिर निस्कन समेत डराउन थाल्दछ ।
याद गरौं त सवारी दुर्घटना वा हवाईजहाज दुर्घटनाको परिणाम वाट उत्पन्न डरले हामीलाई कहि जाँदै छौं भने मनले कति झस्काईरहन्छ केही हुने हो की भनेर । एकजना मित्र प्लेन चढ्दा परिवारसँग यस्तरी विदाई माग्छन की अव कहिल्यै भेट हुदैन । सयौ पटक यात्रा गरिसके, हवाई यात्रामा मृत्युसंजिवनी मन्त्र जप्न भुल्दैनन तर उनको मनमा जरा गाडेर बसेको विभत्स हवाई दुर्घटनाको सामना गर्नु परेको छैन ।
डर र भय हामीलाई आईपर्ने वा पर्नसक्ने खतरासँग संग्रहित सूचना प्रति मनले गर्ने प्रतिरक्षा हो । के भनिन्छ भने मानिस रोगसँग हैन, रोगको परिणामसँग डराउँछ । यहाँ वास्तवमा डराउनु पर्ने कुराहरु चै अनावश्यक सूचना जानकारीहरु,डरलाग्दादुर्घटनाका समाचार, विभत्सदृष्य र भयावह कल्पनासँग हो । हामी फुर्सदमा छौं यस्ता कुरामा स्वतस् आकर्षित भैरहेका छौं । हामीलाई खाली मन टिकाउने विषयबस्तु चाहिएको छ । यी यस्ता कुराहरुको सट्टामा मनोवल आत्मबल बढाउने कुरामा ध्यान लगाउनु अति जरुरी भैसकेको छ ।
डर र भयवाट उत्पन्न हुने मनोसंबेगात्कम र रसायनिक परिवर्तनले ल्याउने शारीरिक र मानसिक असरहरु भयावह हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन । हाम्रा आफ्नै अनुभवहरु केलाउँदा यस्ता असरहरु महसुष गर्न सकिन्छ । कसैले केही अप्रिय घटना सुनायो भने के हुन्छ ? अझ त्यस्तो अप्रिय घटना आफ्नै परिवार वा प्रियजनमा पर्यो भने वा आफैलाई पर्ने संभावना नजिकिदै आयो भने के हुन्छ ? हाम्रो मुटुमा ढ्वाग्रो ठोकिहाल्छ, मन पिरोलिन थाल्छ, डरलाग्न थालिहाल्छ, डरलाग्ने वित्तिकै मुटु थरथर काप्छ हातगोडा सल्याकसुलुक हुन्छन, श्वास प्रश्वास छिटोछिटो चल्छ । याद गरौं त २०७२ सालको भुकम्प आको वेला हाम्रो मनोभाव कस्तो भएको थियो । आफूले टेकेको धर्ती नै हल्लिए पछि हाम्रा खुट्टा माथी भरोसा हराएको थियो । मलाई लाग्छ त्यो वेला हामी अहिलेसम्मकै बढी होसमा थियौं र विशुद्ध चेतनाको नजिक पुगेका थियौं र संभावित दुर्घटनावाट बच्न हरतरहले प्रतिरक्षा गरेका थियौं । यो सब डरको प्रतिक्रिया स्वरुप भएको हो ।
शरीरको वल भनेको मनको बल हो । मानौं, कोही बारी खन्दै थियो, कसैले दौंडिदै आएर सुनायो, तपाईको परिवारमा फलानाको मृत्यु भयो। अव त्यो मान्छेले बारी खन्न सक्दैन, हातखुट्टा सल्याकसुलुक हुन्छन, भोकप्यास निन्द्रा कता हराँउद्ध कता । डरले शरीरको नियमित सामान्य प्रकृयामा अवरोध पुर्याउँछ । आत्मबल कमजोर बनाउँछ । आत्मबल कमजोर भए हाम्रो रोग प्रतिरोधात्मक क्षमताका क्षती पुदछ । अहिले हामीलाई एकमात्र बरदान माग भनेर कसैले भनेमा माग्ने चिज भनेको आत्मबल हो । आत्मबल जस्तो उच्च गुणलाई डर जस्तो कमसल गुणले खाईदेला भन्ने डर माथीको अर्को डर छ । सकारात्मकस्तर सम्मको डरले ईश्वरप्रति कृतज्ञ, प्रकृतिप्रति सजग, राज्यका नियमकानुन प्रति सम्मान, सामाजिक र पारिवारिक मर्यादाको ख्याल र स्व-अनुशासनको पालनामा सहयोग पुर्याउँदछ । डर भन्ने कुरा आवश्यक भएरै होला मानवशरीर रुपि यन्त्रको डिजाईन कर्ताले डर तत्व राखिदिएको हुनुपर्छ । अति सर्वत्र बर्जयते भने जस्तै अति डरले अबश्य हानी गर्छ ।
अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सिन्छ भने जस्तै डरको स्थितिमा मानिसको हंसले ठाँउ छोड्छ, महामारीकोकुरा सुने पछि कतिपय ब्यक्तितनावमा गई टाउको दुख्ने,छाती भारी हुने,शरीरको मांशपेशी तन्किने र खुम्चने,आशंका बढ्ने, थकाई लाग्ने, जिउ दुख्ने, पेट गडबडी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वासफेर्न गारो हुने जस्ता विभिन्न खालका लक्षणहरु देखा परेका हुन सक्छन । तनाव र डर संगठित हुदै जान्छन, एकपछि अर्को विषय र घटना जोडिदै जान्छ, गहिरो भयमा परिणत हुन्छ, जसले केही समय पछि चिन्ताको रुप धारण गर्छ । आफूलाई के भई राखेको छ भन्ने थाहा पाएर समयमै सचेत हुन नसकेमा विस्तारै आत्तिने, झस्कने, तर्सने, अस्थिर हुने, टोलाउने, पसिनाआउने, सबै सकिएजस्तो हुने जस्ता स(साना लक्षण देखा पर्दछन । महामारीको कारणले रोग सर्ला, विरामी होईएला, केही खान नपाईएला, रोजगारी गुम्ला, आम्दानी नहोला, आफन्तसँग भेट नहोला, आफ्नो पेशा गर्न नपाईएला, वालबच्चाको भविष्यको पिर र अन्ततस् मरिएला भन्ने चिन्ताले भित्रभित्रै खोईरो खन्न थाल्दछ । वनको बाघले खाओस नखाओस, मनको वाघले अवश्य खान्छ । डर र भयका असरहरुले स्वास्थ्यमा गंभिर समस्या निम्त्याउन सक्छन ।
डर र भयको कारणवाट मनुष्यको शरीरमा विभिन्न खाले रसायनिक प्रतिक्रिया हुन थाल्दछन । डरले एड्रिनलिनहार्मोन उत्पादन हुन्छ,जसले रक्तरंचार प्रवाह बढाउँछ,मुटुको चाल बढ्छ,श्वासप्रश्वास छिटोछिटो हुन्छ, रक्तनली र फोक्सोमा चाप बढ्दछ । पिर चिन्ताले कर्टिसोल नाम गरेको हार्मोनको मात्रा बढाउँछ,जसले शरीरमा अम्लियपना बढाउँछ, यो हार्मोनले मुटु र रक्तनलीमा रक्तविकार बढाँउदछ । मुटुको चाल बढ्दछ, रक्तसंचार छिटोछिटो हुन्छ, यसको दवावले गर्दा मुटु कमजोर बन्दछ । डराएको बेला आफ्नो शरीरको सुक्ष्म निरिक्षण गरेमा मुटु र श्वासको चाल बढेको थाहा पाउन सकिन्छ ।
मिनेसोटा विश्वविध्यालयको स्वास्थ्य र जिवनशैली विभागले गरेको एक अध्ययनले क्रोनिक डरवाट मानिसको स्वास्थ्यमा पर्ने असर र प्रभाव विश्लेषणले देखाए अनुसार शारीरिक तहमा डरले मानिसको रोग प्रतिरोधात्मक प्रणालीमा क्षती पुर्याउँछ, पाँचन प्रणाली कमजोर गराउँछ, काडियोभास्कुलर प्रणालीमा क्षती पुर्याउँछ,वायु विकार पैदा हुन्छ, पेट गडबडी हुने (र्इ्रिटेवल वाउल सिन्ड्रोम), अल्सर र बुढ्यौली सम्म पुर्याउँछ । मानसिक तहमा निरन्तर डर र भयले मस्तिष्कका केही भाग मुख्यगरी हाईपोथलामसको क्षेत्रमा क्षती पुर्याउँदछ । जसले गर्दा तनाव र चिन्ता बढाउँछ, स्मृति हराउँछ, आफूभित्र को र बाहिरको संसारलाई भयावह देख्तछ र भयभित भैरहन्छ ।
युद्ध, जनयुद्ध, प्रकोप, महामारी, संकट, आपतविपत, भवितब्य जस्ता परिस्थितिमा मानिसले सम्हालिन सकेन भने मानसिक सन्तुलन गुमाउने, विषाद वा अवसादमा जाने हुन्छ भनी मनोचिकित्सकहरुले भन्दै आएका छन । वैश्विक महामारीले आम डिप्रेसनमा लैजाने खतरा त्यतिकै छ । कोराना लागेका विरामी रोगको परिस्थितलाई सामना गर्न नसकेर र रोगको परिणामको भयले अमेरिका र भारतमा आत्महत्या गरेका घटना समाचारमा सुन्दा मन झसङ्ग भएको छ । डर र भयले गर्दा कोरोनालाई परास्त गर्न सक्ने मन आफ्नै मनसँग पराजित हुनसक्छ, यदि बेलैमा सचेत भईएन भने ।
डर र भयको केन्द्र मनुश्यको सुक्ष्म शरीरमा रहेका सातवटा उर्जा केन्द्रहरु मध्ये नाभीक्षेत्रमा रहेको मनिपुर चक्रमा रहेको हुन्छ । कुनै अग्लोठाँउवाट तल हेर्दा वा रोटेपिङ्ग खेल्दा नाभी क्षेत्रमा सिरिङ्ग हुन्छ, हो त्यही हुन्छ हाम्रो डरको केन्द्र, जहाँ डर र भयवाट सिर्जित शारीरिक विकारहरु संग्रहित हुन थाल्दछन र पाँचनतन्त्र मन्द बनाउँदछन ।
पाँचनतन्त्रमा आएको गडबडीले शरीरका अन्यस्नायु, रक्त, श्वासप्रश्वास, मुत्र प्रणालीमा समेत गंभिर असर पुर्याउँदछ । बाह्य परिस्थिति हाम्रो हातमा हुदैन भन्ने कुरालाई मनन गरी जे भईरहेको छ त्यसलाई सहज रुपमा स्वीकार गर्नु, आफूले मानेको कुनै विराट शक्ति वा ईष्ट प्रति समर्पित भई आफू लगायत सबैको भलोको कामना गर्नु, प्रार्थना गर्नु डर भगाउने उत्तम उपाय हो । डर र भयवाट सदाको लागि मुक्ति पाँउन घटना वा विषयबस्तुको स्पष्ट ज्ञान सहितको बोध, बुद्धिमत्तापूर्ण सजगता, नियमित योग, ध्यान र प्राणायामको अभ्यास,सामाजिक नियमको पालना, बैज्ञानिक तथ्य र चिकित्सापद्धतिमा विश्वासगर्नु पर्दछ । यदि डर र भय केन्द्रित कुनै शारिरिक वा मानसिक समस्याले सताईरहेको छ भने वा भविष्यमा कहिल्यै नसताओस भन्ने दीर्घकालिन समाधान चाहनुहुन्छ भने अन्तत: आफूले आफूलाई चिन्ने विधा अध्यात्म र स्वयंलाई स्वयंसँग जोड्ने प्रयोग योग(योगाभ्यासंप्राणायामंध्यान) लाई आत्मसात गर्नु पर्दछ । हरिॐ
(आचार्य योग प्रशिक्षक हुन् ।)
प्रतिक्रिया