११औं विन्दवासिनी म्यूजिक अवार्ड सम्पन्न, को–को भए सर्वोत्कृष्ट ?

११औं विन्दवासिनी म्यूजिक अवार्ड सम्पन्न, को–को भए सर्वोत्कृष्ट ?


काठमाण्डु – ११औं रमपम विन्दवासिनी म्यूजिक अवार्ड शुक्रवार काठमाण्डुमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा विभिन्न २७ विधामा मनोनयनमा परेकामध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।

आयोजकले अस्वस्थ्य रहेका सङ्गीतकर्मी योगेश वैद्यलाई उनको निवासमा पुगेर १ लाख नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो ।

त्यस्तै ५० हजार नगदसहित सङ्गीत साधना सम्मान गायिका कुन्ती मोक्तानलाई प्रदान गरिएको थियो । २५ हजार राशीको सङ्गीत रत्न सम्मान माण्डवी त्रिपाठीले प्राप्त गरिन् भने कला पत्रकारिता सम्मान अनन्त वाग्लेलाई प्रदान गरिएको थियो ।

त्यस्तै, पब्लिक च्वाईस अवार्ड गायक नरेश खाती, पपुलर अवार्ड नायक पल शाह र नायिका अनु शाह, जूरी अवार्ड गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डेले हात पारे ।

को को भए सर्वोत्कृष्ट ?

१) सर्वोत्कृष्ट गीतः गीतकार ध्रुबप्रसाद अम्गाई, माया हे माया
२) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष)ः अजर जंगम, अस्तायौ किन तिमी ?
३) सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला)ः पूर्णिमा तामाङ लामा, मुटु जली खरानी भो
४) सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत)ः बिबि अनुरागी, म एकदिन झरीमा ।
५) सर्वोत्कृष्ट रचना (सुगम सङ्गीत)ः मोहन कुमार खत्री, पत्थरको जस्तो मुटु
६) सर्वोत्कृष्ट एरेञ्जर (सङ्गीत संयोजन)ः उदय राज पौडेल, जिन्दगीको के छ र भर
७) सर्वोत्कृष्ट पप गायन (पुरुष)ः धनकिरण गुरुङ, तिमी र म
८) सर्वोत्कृष्ट पप गायन महिलाः सिर्जना कार्की, फक्रिन नसकेको फुल
९) सर्वोत्कृष्ट युगल गायनः रामचन्द्र काफ्ले र जुनु रिजाल, वन चौरी
१०) सर्वोत्कृष्ट लोकदोहोरी गायकः शिरिष देवकोटा, बोलीदेउ आधार
११) सर्वोत्कृष्ट लोकदोहोरी गायिकाः सरिता कार्की, निष्ठुरे
१२) सर्वोत्कृष्ट लोकदोहोरी भाकाः प्रकाश सपुत, फुटेका चुरा
१३) सर्वोत्कृष्ट लोकदोहोरी रचनाः नवराज पन्त मन्जरी
१४) सर्वोत्कृष्ट लोकदोहोरी गीतः करण न्यौपाने, वनपालेको लौरी
१५) सर्वोत्कृष्ट मोडल पप तथा आधुनिक भिडियोतर्फः दुर्गेश थापा र प्राची लामा, तिमी यति राम्री
१६) सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीतः तेजेन्द्र काफ्ले, देश नदुखोस्
१७) सर्वोत्कृष्ट म्यूजिक भिडियोः निर्देशक लोकदोहोरी, काजिश श्रेष्ठ, लाईदिउँ कि मोहनी
१८) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम सङ्गीत)ः देवेन्द्र पाण्डे, डिजिटल फोटो
१९) सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत)ः विनिता उप्रेती खनाल, हिउँद लाग्यो
२०) सर्वोत्कृष्ट छायाङ्कार (क्यामेरा पर्सन) म्यूजिक भिडियोः राजेश घिमिरे, बनमा तरुल
२१) सर्वोत्कृष्ट सम्पादक, म्यूजिक भिडियो, विनोद बम, तिमी जुन बन्यौ
२२) सर्वोत्कृष्ट नवप्रतिभा लोक तथा दोहोरीतर्फः समिक्षा अधिकारी, माया मारेर
२३) सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधनिकतर्फः देवेन्द्र बब्लु,म हाँसे हाँस्छ्यौ र ?
२४) सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरीतर्फः आशिर प्रताप जंग र सारिका केसी, किन अन्धो भैन म ?
२५) अन्तर्राष्ट्रिय सङ्गीत सम्मानः सुरज गैरे ‘विवश’, (दुबई), श्रेष्ठ देश ।