समानुपातिकको टिकट पाएपछि उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा

समानुपातिकको टिकट पाएपछि उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं– विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली उद्योगपति विनोद चौधरी कांग्रेसतिर लागेका छन्।

 

 

यसअघि २०६४ सालको संविधानसभा चुनावमा एमालेबाट समानुपातिकतर्फको सांसद बनेका चौधरी प्रतिनिधिसभा चुनावमा कांग्रेसबाट समानुपातिकको टिक पाएपछि उतै लागेका हुन्। चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ।

 

 

उनी एमालेभित्र माधव नेपाल निकट रहेका थिए। तर, एमालेको नेतृत्वमा केपी शर्मा ओली आएसँगै चौधरी छाँयामा परेका थिए।

 

 

एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखि नै निकट सम्बन्ध थियो।

 

 

अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए।