प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर


काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ । कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी दिए । कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो ।