‘हनी ट्रयाप’ मुद्दामा इन्सपेक्टर बिनुलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

‘हनी ट्रयाप’ मुद्दामा इन्सपेक्टर बिनुलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


काठमाण्डु – व्यापारीलाई हनी ट्रयापमा पारेर रकम असुलेको घटनामा संलग्न रहेको आरोप लागेकी नेपाल प्रहरीकी इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश भएको छ ।

ललितपुर जिल्ला अदालतले सोमबार शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अनुसन्धानका क्रममा फरार रहेकी शाही आईतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएपछि थुनछेक बहस हुँदा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका प्रवक्ता राम सजिवन महतोले बताए ।

विवादमा परेपछि इन्सपेक्टर शाहीलाई प्रहरीले निलम्बन गरेको थियो ।