काठमाण्डु– हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको बहस सकिएन । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी शाहीको बहस आज नसकिएपछि थुनछेक बहस सुरु भएन ।
बहस पुरा नभएपछि अदालतको आदेशलिएर उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया