३० लाख घुस लेनदेनमा मुछिएकी प्रहरी इन्सपेक्टर बिनु शाही निलम्बित

३० लाख घुस लेनदेनमा मुछिएकी प्रहरी इन्सपेक्टर बिनु शाही निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

ललितपुरको प्रहरी प्रभाग भैंसेपाटी प्रमुख हुँदा उनले व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ घुस लिएको आरोप छ । आरोप बाहिरिएपछि शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो ।

घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो ।

अनुसन्धान पूरा नहुँदासम्मका लागि शाहीलाई निलम्बन गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।