मनसुन सुरु भएयता अहिलेसम्म १ हजार ५९२ विपदका घटना

मनसुन सुरु भएयता अहिलेसम्म १ हजार ५९२ विपदका घटना


काठमाण्डु – गृह मन्त्रालयले जेठ २८ देखी हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएका जानकारी दिएको छ । आज प्रतिनिधि सभामा जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले घटनामा १३० जनाको मृत्यु, १४४ जना घाइते भएको जानकारी दिए ।

गृहमन्त्री लेखकलाई ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको पनि जानकारी दिए । यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको, ४३ पुल र २ सरकारी भवन भत्किएको लेखकले जानकारी दिए । विपदबाट ४ हजार ४ परिवार विस्थापित भएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको मन्त्री लेखकले बताए । सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेनासमेत खटिएको जानकारी उनले दिए । प्रभावितहरूलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री लेखकले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिए । घाइते १४४ जना मध्ये ५ उपचाररत रहेको र बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

घाइतेको उपचारमा तीनै तहका सरकार खटेको बताउँदै गृहमन्त्री लेखकले ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिए ।

असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेको र पाँच जनाको पहिचान हुनु नसकेको उनलेब ताए । बाँकी ४३ जनाको खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको जानकारी उनले दिए ।