विपक्षी दलले आज राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाउने

विपक्षी दलले आज राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाउने


काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदैछन् ।

सरकारका कामकारबाहीबाट असन्तुष्ट उनीहरू यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी ओलीलाई समेत ध्यानाकर्षणपत्र बुझाएका थिए । त्यसै क्रममा उनीहरू राष्ट्रपतिलाई पनि ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवास जाँदैछन् ।

प्रचण्डले आज पार्टी निकट बुद्धिजीवी संगठनका नेताहरुसँगको भेटमा पनि राष्ट्रपतिलाई भेट्न जाने जानकारी गराएका थिए ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन ध्यानाकर्षण गराउन लागिएको माओवादी केन्द्रले जनाएको छ ।