काठमाण्डु– परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका ३४ जना रिहा हुन लागेको रिपोर्ट झुटो भएको बताएकी छिन् ।
सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले पहिले ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताएकी हुन् ।
बैठकमा राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको समेत बताएकी छिन् । उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’
उनले विपिनको कुरा कतारको राजदूतसँग गरेको र कतारका राजदूतले परराष्ट्रमन्त्रीसँग कुरा राख्ने बताएको जानकारी दिइन् । ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्रमन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’
प्रतिक्रिया