काठमाडौं– भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश भोजराज शर्माको इजलासले कुशल बोगटी र सविन लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
कालीकोट रुप्सा–५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप दोरम्बा गाउँपालिका २ मानेडाँडा घर भई सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् ।
गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा श्रेष्ठमाथि आक्रमण भएको थियो।
बोगटी जेठ १ गते पक्राउ परेका थिए। आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वलमान महर्जनले जानकारी दिए।
प्रतिक्रिया