विलप्व समूहका पूर्वमन्त्री पदम राईसहित ४० नेता कार्यकर्ता पक्राउ , ७ जनाविरुद्ध सार्वजनिक मुद्दा

विलप्व समूहका पूर्वमन्त्री पदम राईसहित ४० नेता कार्यकर्ता पक्राउ , ७ जनाविरुद्ध सार्वजनिक मुद्दा


काठमाडौं – विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौं प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।
उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।