काठमाडौं – विप्लब नेकपाका रौतहट इन्चार्जसहित २ जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले शुक्रबार राती प्रक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरिक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोली नेत्रविक्रम चन्द नेतृत्वको माओबादी बिप्लब रौतहट जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन् । दुवै जनालाई रौतहट र मकवानुरको सिमाबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल एक थान ग्रिनेट बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ। उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेव डाँडास्थित अल्जाजोर भन्ने स्थानबाट पक्राउ गरेको उनले जनकारी दिएका छन् ।
प्रतिक्रिया