‘जनसत्ता’ ब्युताउने तयारीमा विप्लव, बन्दुक उठाउने चेतावनी

‘जनसत्ता’ ब्युताउने तयारीमा विप्लव, बन्दुक उठाउने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्वाचन खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ले बन्दुक उठाउने चेतावनी दिएको छ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अधिकारका लागि बन्दुक उठाउन तयार रहेको बताएका हुन्।

 

मंगलबार कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन पनि खारेज गर्ने घोषणा गरेको र दमन भए प्रतिकारमा उत्रिने चेतावनी दिए। र, उनले अब जनसत्ता ब्युताउने समेत घोषणा गरे।

 

‘अबको चुनाव खारेज गर्ने छौं। त्यसका लागि जस्तोसुकै कदम चाल्ने नेकपा तयार छ,’ उनले भने। विप्लवले नेपालका सबै नेताहरु भारतको इशारामा चल्ने गरेको आरोप लगाए।

 

‘यो देशका सबै नेताहरु दिल्लीको इशारामा चल्ने गरेको छन्,’ उनले भने,‘यो देशका कुनै पनि नेता काठमाडौंबाट चल्ने हिम्मत राख्दैनन्।’