काठमाडौं – विप्लव समूहले चौकी आकमण गर्न थालेपछि गृह मन्त्रालयले देशभरका प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र सशस्त्र प्रहरी समेत परिचालन गर्ने भएको छ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको प्रहरी चौकीमा आईतबार मध्यराति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेपछि गृह मन्त्रालयले यस्तो रणनीति बनाएको हो ।
आफूलाई नियमित सुरक्षा बिफ्रिङ गर्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकद्वयसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोलुखुम्बु घटनाका बिषयमा छलफल गरेका थिए ।
त्यसपछि मन्त्री थापाको निर्देशनमा महाकुलुङ गाउँपालिकाको छेस्काममा रहेको प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिर्ता बोलाउदै त्यहाँ थप मद्दतसहित नयाँ टोली परिचालन गरिएको छ ।
गृहको आग्रहमा प्रहरी र सशस्त्र प्रहरीको टोली सेनाको हेलिकोप्टरमा घटनास्थल पुगेर विप्लव समूहको खोजी समेत गरिरहेको छ ।
गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले नियमित बिफ्रिङमा सोलुखुम्बु घटना केन्द्रमा राखेर छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया