विप्लव माओवादीका कैलाली इञ्चार्जसहित चार जना पक्राउ

विप्लव माओवादीका कैलाली इञ्चार्जसहित चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीका कैलाली इञ्चार्जसहित चार जनालाई पक्राउ गरेको छ।

 

 

 

निर्वाचन विरोधि गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले नेकपाका कैलाली इञ्र्जा रामबहादुर चौधरी ‘र सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पक्राउ गरेको हो।

 

 

 

उनीहरुलाई हसुलियाबाट पक्राउ गरिएको कैलालीका एसपी विनोद घिमिरेले काठमाडौंपाटीलाई जानकारी दिए।

 

 

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइलीलाई टीकापुरबाट पक्राउ गरेको छ। उनीहरू जिल्ला प्रहरी कार्यालय कैलालीकाे हिरासतमा रहेका छन्।

 

 

विप्लव समूहले निर्वाचन विरोधि गतिविधि बढाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी घिमिरेले जनाए। ‘सुरक्षा सतर्कता उच्च पारिएको छ,’ उनले भने। बुधबार मात्र धनगढीबाट पेस्तोलसहित एक जना पक्राउ गरेका थिए।