प्रकाण्डलाइ पक्राउ गरेपछि विप्लव अाक्राेशित, रिहा नगरे सशक्त संघर्ष गर्ने चेतावनी

प्रकाण्डलाइ पक्राउ गरेपछि विप्लव अाक्राेशित, रिहा नगरे सशक्त संघर्ष गर्ने चेतावनी


काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै  विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् ।

उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै  अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् ।  भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी  छ ।

यस्तै पोलिटब्यूरो  सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।