यस्तो छ विप्लवको तिव्वती कनेक्शन

यस्तो छ विप्लवको तिव्वती कनेक्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासंग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

पोखराडाडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासंग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासंग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।

 

विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिडेका थिए ।

 

 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासंगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए ।

 

 

 

खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’  पोखराडांडाको नाक क्षेत्रमा निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो।

 

 

 

नेपाली युवतीसँग विवाह गरेका उनले पोखरामा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । वाङदुङ पोखराको पेन्जोलिङ तिब्बती क्याम्पमा बस्छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

 

वाङदुङ मात्र हुन् वा अन्य शरणार्थी पनि विप्लवका कार्यकर्तासंग नजिकिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

‘संस्थागत रूपमा हाम्रो कुनै राजनीतिक दलसँग कुनै आबद्धता छैन’, एक तिव्बती क्याम्पका प्रमुखले भने, हामी शरणार्थीको रूपमा नै बसेका छौं । विभिन्न स्वार्थले व्यक्ति विशेषको कहीं, कतै कनेक्सन हुन सक्छ, त्यसमा हाम्रो समुदायले जिम्मा लिँदैन ।’

 

 

 

स्थानीय तहको निर्वाचनताकासमेत उनले विप्लवका कार्यकर्ताको नजिकै रहेर निर्वाचनविरोधी गतिविधि गरेको र आसन्न निर्वाचनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्नसक्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । वाङदुङ एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

 

स्थानीय तहको निर्वाचनका बेलामा समेत तिब्वती शरणार्थी वाङदुङले विप्लवका कार्यकर्तासँगको मिलेमतोमा निर्वाचनविरोधी गतिविधि गर्न सक्रिय भएका थिए । प्रहरीले वाङदुङलाई स्थानीय तहको निर्वाचनका बेलासमेत पक्राउ गरेको थियो ।

 

 

शरणार्थीको रूपमा आश्रय लिएका कुनै पनि व्यक्ति राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी मानिन्छ । काठमाडौं, ललिपुर, पोखरालगायत स्थानमा ठूलो संख्यामा तिब्बती शरणार्थी बस्दै आएका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।