अदालतले छोडेलगत्तै पक्राउ विप्लवका पाँच कार्यकर्ता

अदालतले छोडेलगत्तै पक्राउ विप्लवका पाँच कार्यकर्ता


दाङ – जिल्ला अदालतबाट धरौटीमा रिहालगत्तै नेत्रविक्रम चन्द ’विप्लव’ समूहका पाँच जना कार्यकर्ता पुनः पक्राउ परेका छन् । सोमबार जनही १५ हजार धरौटीमा रिहालगत्तै विप्लव समूहका पाँच कार्यकर्तालाई प्रहरीले अदालत परिसरबाट पक्राउ गरेको हो ।

संगठितरुपले राज्यविरुद्धको अपराध गरेको अभियोगमा असोज ३० गते राजपुर गाउँपालिकाको मुंग्रेठाबाट पक्राउ परेका थिए । पक्राउ पर्नेमा दाङका रामबहादुर थापा, यामलाल कटुवाल, इन्द्रबहादुर वली, रोल्पाका हितप्रसाद रोका र अमृत घर्ती मगर रहेका छन् ।