लात हानेर बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी

लात हानेर बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा बङ्गलादेशको राजधानी ढाकाको अदालतले एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिए ।

फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेकी थिइन् । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताए ।

यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।