काठमाण्डु- विराट गोल्ड कप फुटबल प्रतियोगितामा पहिलो क्वाटरफानलमा बुधबार रिजालको मोरङ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ । खेल साँझ ६ः३० बजे हुने छ। प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन्।
प्रतियोगिताको विजेतालाई नगद ११ लाख रुपैयाँ, उपविजेतालाई पाँच लाख रुपैयाँ, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
मंगलबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफले भारतको सुदेभा दिल्लीलाई ट्राइबेकर ५–३ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
प्रतिक्रिया