प्रहरीको गोलीबाट मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय, यस्तो छ सहमति

प्रहरीको गोलीबाट मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय, यस्तो छ सहमति


झापा–सरकारले बालकको रहस्यमय मृत्युको विषयमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका नरेश थापाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

 

सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।

 

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु भएको घटनाको छानबिनको माग गर्दै शुक्रबार स्थानीयले प्रदर्शन गरेका थिए।

 

यस्तो छ सहमति

१. मृतक थापाकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने

 

२. ६ महिने बच्चालाई नगरपालिकाले निस्शुल्क अध्ययनको व्यवस्था मिलाउने।

 

३. बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने। कारबाही अगाडि बढाउने

 

४. इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने

 

५. क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिने