मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

आइतबार राति अचानक पेट र छाती दुखेर सिकिस्त भएका यादवलाई स्थानीय अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई नोबेल अस्पताल विराटनगर पर्याइएको थियो ।

नोबेल अस्पतालमा उपचारका क्र्रममा यादवको मुत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।