वीरगञ्जमा दुई समूहबीचको झडपपछि कर्फ्यू आदेश जारी

वीरगञ्जमा दुई समूहबीचको झडपपछि कर्फ्यू आदेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगन्जमा कर्फ्यू लगाइएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय पर्साले साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो।

आज दिउँसो हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।

शोभा यात्रामा झन्डै ८ हजार मानिसहरू सहभागी भएको र उनीहरू वीरगन्ज महानगरपालिका-२ श्रीराम हलनजिक जामा मस्जिदअगाडि पुगेपछि झडपको अवस्था सिर्जना भएको थियो।

उनीहरूले यात्रा गरिरहँदा आफूहरूमाथि मस्जिदबाट ढुंगा प्रहार भएको भन्दै आक्रोशित भएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो।