काठमाण्डु – दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । वीरगञ्जको आर्दशनगर रंगशालामा दिउँसो ३ बजे हुने खेलमा यी दुई टोली आमने सामने हुने भएका हुन् ।
मच्छिन्द्रले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनियनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने सेमिफाइनमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराएको थियो । यस्तै नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई टाईब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया