डाक्टर केसीमाथी भएको धरपकडको सर्वत्र विरोध, मसाल र गणतान्त्रिक मोर्चा पनि विरोधमा

डाक्टर केसीमाथी भएको धरपकडको सर्वत्र विरोध, मसाल र गणतान्त्रिक मोर्चा पनि विरोधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–डा.गोविन्द केसीका समर्थकमाथि भएको दमनको देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले समेत विरोध जनाएको छ । सरकारले केसीलाई काठमाडौं ल्याउने क्रममा भएको धर पकडको मोहन वैद्य पार्टीको नेतृत्व रहेको मोर्चाले विरोध जनाएको हो ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको विज्ञप्तीमा जुम्लामा भएको सरकारी दमनको भत्र्सना गरिएको छ । मोर्चाले केपी ओली नेतृत्वको सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले निकालेको विज्ञप्ती यस्तो छ–

(नेपालमा शिक्षा र स्वास्थको सुधार सम्वन्धि मागलाई लिएर गत २० दिन देखि अनसनमा बसेका प्रा.डा. गोविन्द केसी लाई उपचारका लागि बलपूर्वक काठमाडौं ल्याउने क्रममा के. पी. ओली नेतृत्वको (नेकपा)को सरकारले जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा यहि ०७५ साउन ३ गते अत्यधिक मात्रामा बल प्रयोग गर्दै अन्धाधुन्ध लाठी चार्ज, अश्रुग्यास प्रयोग गर्दा अस्पताल रगताम्य भएको छ र २० जना डाक्टर, विद्यार्थी र विरामीहरु समेत सख्त घाइते भएका छन् ।

(सरकारले गरेको राष्ट्रघाती र जनघाती कामको सर्बत्र विरोध भैरहेको बेला, संसदमा भएको कथित दुई तिहाई बहुमतको दम्भ प्रदर्शन गर्दै जथाभावी गर्दै आएको यो सरकारले जुम्लामा अस्पताल हाता भित्र जुन बर्बर दमन गरेको छ, हामी त्यसको घोर भत्र्सना गर्दछौं ।

(जनविरोधलाई दबाएर सत्तामा टिकिरहनकालागि यो सरकारले लागु गर्दै आएको सामाजिक फासिवादी कदमका बिरुद्ध संघर्षमा उत्रनकालागि तयार रहन पनि हामी आदरणीय जन समुदाय सँग अनुरोध गर्दछौं । जनताको शक्तिका अगाडि यो कथित दुई तिहाई बहुमत टिक्न नसक्ने कुराको पनि हामी स्मरण गराउन चाहन्छौं ।

त्यसैबीच जुम्लामा भएको घटनाप्रति नेकपा मसालले विरोध जनाएको छ । मसालको विज्ञप्तीमा भनिएको छ – डा.के.सी.को जीवन रक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो । तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, तर उनका न्यायपूर्ण मागहरूलाई स्वीकार गरेर उनको अनसन स्थगित गराएर नै गर्नुपर्दथ्यो र पर्दछ पनि ।