झापा – बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी छन् ।
उनले १६ हजार ५२० मत प्राप्त गरिन् भने सिटौलाले १२ हजार ७६२ मत पाए । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् ।
यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मतसहित विजयी बने भने उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत पाए ।
प्रतिक्रिया