बिर्तामोड घटनाः डिएसपी सिलवाल तानिए, बिर्तामोडमा कर्फ्यू जारी

बिर्तामोड घटनाः डिएसपी सिलवाल तानिए, बिर्तामोडमा कर्फ्यू जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा –बिर्तामोडका डिएसपी राजकुमार सिलवाल फिर्ता बोलाइएका छन् । झापाको बिर्तामोडमा ११ बर्षिय बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्यु भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेपछि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको थियो ।

 

प्रर्दशनकारीको मृत्युपछि आन्दोलन झन् चर्किएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सिलवाललाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ । उनको ठाउमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

 

डीएसपी सिलवालले घटनामा आफ्नो कुनै दोष नभएको बताए ।  वालक सिवकोटीको घटनाको छानविन सकिएको दाबी गर्दै डिएसपी सिलवालले त्यसमा आफ्नो कुनै कमजोरी नभएको बताए ।

 

 

स्थानीयले भने डिएसपी सिलवालको भूमिका ठिक नभएको भन्दै उनलाई हटाउनुपर्ने माग प्रशासनसंग राखेका थिए । गृहमन्त्रालयले घटनाको विषयमा थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ ।

 

 

बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब ४० जना बढी घाइते भएका छन् । बिर्तामोडमा शनिवार पनि स्थानीय प्रशासनले कर्फ्यू   जारी गरेको छ ।