काठमाडौं – काठमाडौंको अनामनगरस्थित घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटपछि अहिले दुबै स्थानका घटनास्थल सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त स्थानमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने भएकाले सेनाको बम डिस्पोजल टोलीले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर जाँच गरिरहेको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।
सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश गर्न दिएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा सिलिण्डर बम पड्केको देखिएको छ ।
विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ । त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रतिक्रिया