अर्थमन्त्री पौडेल चीन जाँदै

अर्थमन्त्री पौडेल चीन जाँदै


काठमाण्डु – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् ।

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किनेछन् ।