काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झूटको खेती गर्न माहिर रहेका बताएका छन् ।
बारम्बार रङ्ग फेरेर सरकामा जाने प्रचण्डले आफू अरूसँग मिल्दा नैतिक हुने र अरू मिल्दा अनैतिक हुने भन्दै हिँडेको बताउँदै उनको छेपारे प्रवृत्ति औंल्याए ।
‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँकै विशेषता हो,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
राजनीतिका सङ्गी फेर्नु प्रचण्डको राजनीतिक योग साधना नै भएको उनको धारणा छ । ‘उहाँले २०७४ मा कांग्रेस छाडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुईतिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि ५ दलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’, फेरि त्यो अवधिमा ३–३ पटक सत्तासङ्गी फेर्नु त मानौं राजनीतिक योग साधना हो, जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्,’ उनले भने ।
प्रतिक्रिया