एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जरुरी छ : उपाध्यक्ष पौडेल

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जरुरी छ : उपाध्यक्ष पौडेल


भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको दशौं जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गर्न पाए १ दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।

उनले भने, ‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यहीँ हो । जिम्मेवारी पनि यहीँ हो ।’

एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरूमा तमाम समस्या उत्पन्न भएको नेता पौडेलले बताए ।

संविधानले प्रदान गरेको अधिकारलाई व्यावहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रूपमा र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी रहेको उनले बताए ।