काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् । बुधबारदेखि बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा पौडेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् ।
केन्द्रीय कमिटी बैठक गर्न विलम्ब हुनुको कारण भए पनि कमजोरीलाई ढाक्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । पार्टी एकताका आधारहरु, एकीकरणका बाँकी काम, पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरु उल्लेख गरेका छन् ।
त्यस्तै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख छ ।
प्रतिक्रिया