सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्छ : विष्णु पौडेल

सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्छ : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संंघ नेपाल रुपन्देही प्रचार विभागले शुक्रबार आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृति फूटसल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारको विकास विरोधी गतिविधिविरुद्ध सडकमा आउन आवश्यक रहेको बताए ।

गठबन्धन सरकारको काम विकास विरोधी भएकाले सरकारविरुद्ध युवालाई सडकमा उत्रिन पौडेलले आग्रह गरे । आन्दोलनमार्फत सरकारलाई दबाब दिनुपर्नेमा पौडेलले जोड दिए ।

उपाध्यक्ष पौडेलले सरकारका कारण देशको अवस्था जटिल बन्दै गएको बताए । दैनिक रूपमा युवा विदेश पलायन हुने अवस्था सिर्जना हुँदा पनि सरकारले केही गर्न नसकेको पौडेलले बताए । ‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै योजना ल्याउन सकेको छैन,’ पौडेलले भने ।

युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न युवाहरूले सडकबाट सरकारलाई दबाब दिनुपर्ने उनले बताए ।