यी हुन् विश्वका ‘सेञ्चुरी बिलिनियर्स’

यी हुन् विश्वका ‘सेञ्चुरी बिलिनियर्स’

फोर्ब्सको सूचीमा विनोद चौधरी विश्वका १७६३औं धनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु परेका छन् ।

जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको सम्पत्ति गएको वर्षको तुलनामा २० खर्ब डलरले बढेर समग्रमा १६१ खर्ब डलर पुगेको ।

अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोर्ब्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ ।

अमेरिकापछि हङकङसहित चीनका ५ सय १६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारतका २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । सूचीअनुसार एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति छन् । दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग छन् ।

यस्तै पहिलो पटक ३ जना अर्बपतिको सम्पत्ति २ सय अर्ब डलरभन्दा बढी भएको छ । फोर्ब्सको सूचीमा सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरू १५ जना छन् ।

यो वर्ष चीनबाट टिकटकका संस्थापक झाङ यिमिङ ६५ दशमलब ५ बिलियन डलरसहित पहिलो नम्बरमा छन् । त्यस्तै, भारतबाट मुकेश अम्बानी ९२ दशमलब ५ डलरसहित पहिलो स्थानमा छन् ।

यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा परेका छन् । पछिल्ला वर्षमा प्रविधि क्षेत्रअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्नेहरूको सम्पत्ति र त्यसबाट अर्बपति बन्नेहरूको सङ्ख्या विश्वव्यापी रूपमै बढ्दै गएको फोर्ब्सको २०२५ सूचीले देखाएको छ । पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् ।

फोर्ब्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट यस पटक पनि विनोद चौधरी एक्लै समावेश छन् । उनी २ बिलियन डलर सम्पत्तिसहित १७६३ औं स्थानमा छन् । गत वर्ष १ अर्ब ८० करोड अमेरिकी डलर सम्पीत्त रहेको उनको यो वर्ष २० करोड डलरले सम्पत्ति बढेको फोब्सले जनाएको छ ।