काठमाडौं– वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।
पौडेल र केसी विरुद्ध पनि १० लाख रुपैयाँ बिगो दावी गरेर मुद्दा दायर गरिएको छ।
रोक्का कारबाही फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको आरोपमा पाण्डेसहित पौडेल र केसी पक्राउ परेका थिए।
प्रतिक्रिया