मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारपसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।
चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए-गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए। प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया