राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएकोबारे कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएकोबारे कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उर्जा जलस्रोत तथा सिंचाईंराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कमपनी कालोसूचीमा गएकोबारे प्रश्न उठाएका छन् ।

राज्यमन्त्री तामाङ नेपाली कांग्रेसका रामेछापि सभापति हुन् । आफ्नै पार्टीबाट राज्यमन्त्री बनेका तामाङमाथि महामन्त्री शर्मामाथि संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा प्रश्न उठाएका हु्न् ।

राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन संशोधनबारे भएको छलफलमा महामन्त्री शर्माले मन्त्रीकै कमपनी किन कालोसूचीमा प¥यो भनेर प्रश्न गरेका हुन् ।

‘निर्माण व्यवसायी म अहिले उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ,” शर्माले समिति बैठकमा भने, “यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ ।”

कांग्रेस नेता समेत रहेका उर्जा राज्यमन्त्री तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।