काठमाण्डु – भारतको महाराष्ट्र र झारखण्ड राज्यको विधानसभा चुनावको मतगणना भइरहेको छ ।
महाराष्ट्रमा २८८ विधानसभा सिटमध्ये भारतीय जनता पार्टी (भाजपा) गठबन्धन महायुतीले हालसम्म ८० स्थानमा जीत हासिल गरिसकेको छ भने १४७ सिटमा अग्रता लिइरहेको छ । यसअघि महाराष्ट्रमा भाजपा नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।
चुनावमा महाविकास अघाडी गठबन्धनले ११ सिट जितेको छ भने ४३ स्थानमा अगाडि अग्रता छ । महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडी गठबन्धनमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् ।
लोकसभा प्रतिनिधित्वका आधारमा उत्तर प्रदेशपछि महाराष्ट्र दोस्रो ठूलो राज्य हो ।
झारखण्डका ८१ सिटमा पनि मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार झामुमो गठबन्धन ५७ सिटमा अगाडि छ भने भाजपा गठबन्धनले २३ सिटमा अग्रता लिएको छ ।
प्रतिक्रिया