भारतीय विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपा नेतृत्वको गठबन्धनलाई दुई तिहाई

भारतीय विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपा नेतृत्वको गठबन्धनलाई दुई तिहाई


काठमाण्डु-भारतको महाराष्ट्र विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ । २८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २३० सिट ल्याउन सफल भएको हो ।

एमबीएले ५० सिट जित्दा अन्यले भने ८ सिटमा मात्र जित हासिल गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासन सुरु भएको प्रतिक्रिया दिएका छन् । कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन् ।

दुई स्थानमा चुनाव जितेका राहुल गान्धीले सो सिट छाडेपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

यो जित सँगै महाराष्ट्रमा भाजपा गठबन्धनको सरकार निश्चित भएको छ। मुख्यमन्त्री तथा शिवसेना पार्टीका नेता एकनाथ शिन्दे उपमुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फडनविस तथा अर्का मुख्यमन्त्री एवं नेश्नलिस्ट कंग्रेसका नेता अजित पवारले तीन नेताको छलफलपछि मुख्यमन्त्री तय हुने जनाइएको छ। यद्यपि, यी तीनमध्ये एकजनाले महाराष्ट्रको मुख्यमन्त्रीको पद समाल्नेछन्।