चिनियां उपमन्त्री काठमाडौंमै रहेका बेला भाजपाका दुई महासचिव नेपालमा

चिनियां उपमन्त्री काठमाडौंमै रहेका बेला भाजपाका दुई महासचिव नेपालमा


काठमाडौं– भारतको सत्तारुढ दल भारतिय जनता पार्टीका नेताहरुको नेपाल भ्रमण बाक्लिएको छ । भारतिय जनता पार्टीका दुई जना प्रभावशाली नेताहरु सोमबार काठमाडौं आउने कार्यक्रम तय भएको जनाइएको छ ।

भारतिय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन नेपाल भ्रमणक्रको क्रमममा काठमाडौं पुगिसकेका छन् । राज्यसभा सदस्य रहेका जैन जेट एयरवेजको विमानबाट तीन सदस्यिय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाडौं अवतरण गरेका हुन । उनी भाजपाका ८ जना महासचिव मध्ये वरियतामा छैठौ नम्बरमा रहेका छन् । जैन भाजपा अध्यक्ष अमित शाहसंग निकट रहेको स्रोतको दाबी छ ।

त्यसैगरी नेपाल भारत थिंक ट्याक सम्मिटमा भाग लिन भारतिय जनता पार्टीका अर्का महासचिव राम माधव पनि सोमबार सांझ काठमाडौं अवतरण गर्दैछन् । आईडा नामक संस्थाले गर्न लागेको कार्यक्रममा नेपालबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी हुदैंछन् । उक्त कार्यक्रममा नेताहरु सुरेन्द्र पाण्डे,गगन थापा र भारतिय राजदूत मंजिवसिंह पुरीको समेत सहभागीता हुदैंछ ।

भाजपा महासचिव माधवलाई विजेपीले विदेश मामिला हेर्ने जिम्मेवारी समेत दिएको छ । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम समेत छ । नेहरु मेमोरियल म्युजिमको सहयोगमा थिंक ट्याक सम्मिट हुन लागेको उच्च स्रोतले जानकारी दिएको छ ।

चिनियां उपमन्त्री वाङ वाजुन नेपाल भ्रमणमै रहेका बेला भाजपाका शिर्ष नेताहरुको आगमनलाई महत्वका साथ हेरिएको छ । वाजुनले आईतवार प्रधानमन्त्री केपी शर्मा ओली र सोमबार बिहान पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेका छन् । उनले नेकपा अध्यक्ष प्रचण्डलाई चीन भ्रमणको निम्तो समेत दिइसकेका छन् ।

स्रोतकाअनुसार अध्यक्ष प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जादैंछन् भने त्यो भन्दा अघि भारत भ्रमणमा जाने तय भइसकेको छ । विजेपीका महासचिव राम माधवसंगको भेटपछि नेकपा अध्यक्ष प्रचण्डको भ्रमणको मिति समेत टुंगो लाग्नेछ ।

माओवादी केन्द्र र एमालेबीच एकिकरण भइसकेपछि औपचारीक रुपमा प्रचण्ड छिमेकी मुलुक भारत र चीन भ्रमणमा जाने तयारीमा छन् ।