ब्लड क्यान्सरपीडित बालकको उपचारका लागि आर्थिक सहयोगकोे याचना

ब्लड क्यान्सरपीडित बालकको उपचारका लागि आर्थिक सहयोगकोे याचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिका ४ स्थित बरबोटेका १४ वर्षीय बालक रितिक घिमिरे १ महिनादेखि ब्लड क्यान्सरपीडित बनेका छन्।

ज्योति विद्या मन्दिर इलाममा एस।इ।इ परीक्षा दिने क्रममा सामान्य बिरामी भएपछि झापा बिर्तामोडको बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनी ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो।

बाबु पूर्णबहादुर र आमा बिना घिमिरेको कान्छो छोरा रितिक १ महिनादेखि ब्लड क्यान्सरसँग लडिरहेकाले उनको उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि रितिक बचाउ समिति गठन गरिएको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर क्यान्सर अस्पतालले रितिकको उपचारका लागि ३० लाख लाग्ने बताएपछि समिति गठन गरी आर्थिक सहयोग सङ्कलन समिति गठन गरिएको समितिका सचिव नारायण घिमिरेले जानकारी दिए।

सचिव घिमरेका अनुसार समितिले आर्थिक सहयोग सङ्कलनका लागि प्रभु बैंक इलाममा खाता खोली बुधबारबाट आर्थिक सहयोग सङ्कलन सुरु गरिएको छ।

रितिकको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले प्रभु बैंक इलामको खाता नम्बर १३२०१००१०१२६६००००००१ मा रकम जम्मा गरेर सहयोग गरिदन परिवार स्रोतले आग्रह गरेको छ ।

यसका साथै सामाजिक सञ्जाल र देश, विदेशमा रहेका सम्पूर्ण आफन्तजन र शुभचिन्तकहरुबाट समेत परिवारले आर्थिक सहयोगको याचना गरेको छ ।